सुनको मूल्य आज ह्वात्तै बढ्यो, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन चार हजार २०० रुपियाँले बढेर प्रतितोला १ लाख ९७ हजार १०० मा रुपियाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९२ हजार ९०० सय रुपियाँमा कारोबार भएको थियो ।

चाँदी भने प्रतितोला १५ रुपियाँले बढेर २ हजार १६५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार