काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को वैशाख महिनामा ८१ खर्ब ७६ अर्ब एक करोड ७० लाख रुपियाँबराबरको डिजिटल भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वैशाख मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।
त्यसमा आरटीजीएसमार्फत सबै भन्दा धेरै भुक्तानी भएको देखिन्छ । तथ्यांकअनुसार आरटीजीएसमार्फत वैशाखमा ६१ खर्ब आठ अर्ब ८२ करोड रुपियाँ भुक्तानी भएको छ । यसैगरि दोस्रो नम्बरमा इलोक्ट्रोनिक चेक क्लिरेन्स (ईसीसी) रहेको छ, त्यसबाट वैशाखमा पाँच खर्ब २० अर्ब ३३ करोड रुपियाँ भुक्तानी भएको छ । तेस्रो नम्बरमा रहेको फास्टर पेमेन्ट सिस्टमबाट वैशाखमा चार खर्ब ७२ अर्ब ६६ करोड रुपियाँ भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
यसैगरि मोवाइल बैकिङबाट चार खर्ब ५६ अर्ब ९५ करोड रुपियाँ, आईपीएसबाट दुई खर्ब ४४ अर्ब ३८ करोड रुपियाँ, डेविट कार्डबाट एक खर्ब एक अर्ब ४१ करोड ५० लाख रुपियाँ क्यूआरबाट ९६ अर्ब २३ करोड २० लाख रुपियाँ भुक्तानी भएको छ ।