सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौँ– नेपाली बजारमा बुधबार सुनको मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ वृद्धि भएको हो।

जसअनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ पुगेको छ। मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार रुपैयाँ कायम भएको थियो।

यसैबिच बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ। अघिल्लो दिन तोलामा १ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि घटबढ नभइ समान मूल्यमा कारोबार भएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार