आजपनि घट्यो सुनको भाउ चाँदीको भने बढ्यो

काठमाण्डौ । नेपाली बजारमा आजपनि सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९० हजार रुपैयाँमा भईरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ कायम थियो । उक्त दिन सुनको मूल्यमा १ सय रुपैयाँको गिरावट आएको थियो ।

आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज १५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार