काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी, पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । मुद्दा दर्तासँगै पहाडीको पद स्वतः निलम्बनमा परेको छ । अर्याल भने यसअघि नै अवकाश पाइसकेका कर्मचारी हुन् ।
अर्यालविरुद्ध यसअघि पनि भ्रष्टाचार मुद्दा दर्ता भएकोमा विशेष अदालतले सफाई दिने काम गरेको थियो ।