काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को नौ महिनामा राजस्व चुहावटमा २६ वटा मुद्दा दायर गरिएको छ ।
राजस्व अनुसन्धान विभागले चालु आवको चैत मसान्तसम्म बिभिन्न अदालतहरुमा राजस्व चुहावट सम्बन्धी सो संख्यामा मुद्दा दर्ता गरेको हो ।
त्यसको विगो रकम भने १२ अर्ब नौ करोड ६६ लाख रुपियाँ रहेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको मन्त्रालयगत प्रगति प्रतिवेदनले यस्तो देखाएको हो ।
मुद्दा संख्या र बिगो रकमको तुलनामा राजस्व चुहावट धेरै नै भएको देखिने सरोकारवालाहरु बताउँछन् । अर्थात्, सिमित संस्था तथा व्यक्तिले नै धेरै मात्रामा राजस्व चुहावट गरेको देखिने सरोकारवालाहरु बताउँछन् । २६ वटा मुद्दामा १२ अर्ब रुपियाँ भन्दा बढीको बिगो देखिनुले यही संकेत गर्ने उनीहरुको भनाइ छ ।