तरलताको चाप बैंकहरूमा बढेको बढ्यै, आजै राष्ट्र बैंकले २५ अर्ब तान्दै

काठमाडौं । बैकहरूले लगानी गर्न नसक्दा तरलता चाप बढ्दै गइरहेको छ । निक्षेप थपिने तर लगानी कम हुँदा पैसा थुप्रिएपछि राष्ट्र बैंकले बजारबाट २५ अर्ब रुपियाँ तरलता उठाउने भएको छ ।

राष्ट्र बैंकले निरन्तर निक्षेप संकलन उपकरणमार्फत बजारबाट तरलता खिच्दै आइरहेको छ । जसअनुसार आज पनि राष्ट्र बैंकले ४२ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत २५ अर्ब रुपियाँ तरलता खिच्न लागेको जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।

घटीमा १० करोड र बढीमा ५ करोड रुपियाँले भाग गर्दा निःशेष भाग जाने रकमबराबर आवेदन दिन पाउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार