काठमाडौं– विश्वकप फुटबल अन्तर्गत युरोपेली देशहरूको छनोट खेलमा इङ्ग्ल्याण्डले लगातार तेस्रो जित निकालेको छ । शनिवार राति भएको समूह ‘के’को खेलमा एन्डोरालाई १–० गोलले हराउँदै इङ्ग्ल्याण्डले तेस्रो जित निकालेको हो । इङ्ग्ल्याण्डका लागि हेरी केनले गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको पाँचौँ मिनेटमा केनले गोल गरेका हुन् । खेलमा एन्डोराले केही राम्रो आक्रमण गरे पनि गोल गर्न सकेन । सोही समूहको अर्को खेलमा अल्बानिया र सर्बियाबीच गोलरहित बराबरी भयो ।
समूहमा इङ्ग्ल्याण्ड ३ खेलमा शतप्रतिशत जितसहित ९ अङ्कका साथ शीर्ष स्थानमा छ । अल्बानियाको ३ खेलबाट ४ अङ्क छ ।