पतञ्जली जग्गा हिनामिना प्रकरण : तत्कालीन सनराइज बैंकका सीइओसहित जुनियर कर्मचारीसमेतलाई भ्रष्टाचार मुद्दा

काठमाडौं – पतञ्जली जग्गा हिनामिना प्रकरणमा तत्कालीन सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) र सहायक महाप्रबन्धकदेखि सहायकसम्म मुछिएका छन् । जग्गा हिनामिना प्रकरणमा उनीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले तत्कालीन सनराइज बैंकका सीइओ किशोर कुमार महर्जन, सहायक महाप्रबन्धक निता प्रधान, जोखिम विभागका अधिकृत सुजित पोखरेल, शाखा प्रबन्धक राजीव सापकोटा र अधिकृत ममता पराजुलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरु विरुद्ध मुख्य कसूरदारलाई हुने सजाय सरह सजायको मागदाबी गरिएको छ ।

यस्तै, तत्कालीन सनराइज बैंकका अन्य कर्मचारीहरु जुनियर म्यानेजमेन्ट ट्रेनी एशु मैनाली, उप प्रबन्धक मनोज न्यौपाने, वरिष्ठ सहायक विक्रान्त कोइराला, प्रमुख व्यवस्थापक रविन कुमार नेपाल, सहायक महाप्रबन्धक आशा राणा अधिकारी, जोखिम व्यवस्थापन विभागका प्रमुख संजय कुमार सिद्धि, अनुपालन विभागमा कार्यरत सुनिल रत्न स्थापित र नायव महाप्रबन्धक बलराम विष्टविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार