काठमाडौं । घर जग्गाको किनबेचमा व्याप्त कर छली र आपराधिक दुई नम्बरी पैसाको कारोबारलाई निस्तेज पार्न सरकारले कडा निर्देशन जारी गरेको छ । घर जग्गा कारोबार गर्ने क्रेता (किन्ने) र बिक्रेता (बेच्ने) दुबैले अब भूक्तानीको बैंक स्टेटमेन्ट बुझाउनुपर्ने पर्ने भएको छ ।
२०८२ जेठ २० गते भूमि व्यवस्था तथा अभिलेख विभागले ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी जारी गरिएको निर्देशन, २०८२’ सम्बन्धमा एक निर्देशन जारी गर्दै यस्तो कडाई व्यवस्था गरेको हो ।
खासगरी गत फागुन, २०८१ मा नेपाल अन्तर्राष्ट्रिय वित्तीय सुशासन हेर्ने फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ) को ग्रे लिस्ट (खैरो सूचि)मा दोस्रो पटक परेपछि सरकारमाथि सम्भावित सम्पत्ति शुद्धीकरणका क्षेत्रहरु पहिचालन र नियन्त्रणको दबाब परेको छ ।