काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपियाँ तरलता उठाउने भएको छ ।थपिदो निक्षेपका बाबजुद बैंकहरुले लगानीको उपयुक्त क्षेत्र नभेट्दा कर्जा लगानी हुन सकिरहेको छैन । यस्तो स्थितिमा बैंकहरुको तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले निरन्तर निक्षेप संकलन उपकरणमार्फत तरलता तानिरहेको छ ।
यसै सिलसिलामा केन्द्रीय बैंकले बुधबार थप ४० अर्ब रुपियाँ तरलता प्रशोचन गर्ने भएको हो ।
आज एक सूचना जारी केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपियाँ तरलता प्रशोचन गर्न लागेको जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।