साढे आठ अर्ब बजेट एमसिसी परियोजनाले पायो

काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष २०८२–८३ का लागि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुदान अन्तरगत बन्ने परियोजनालाई आठ अर्ब ४६ करोड ७१ लाख रुपियाँ बजेट बिनियोजन गरेको छ । अर्थ मन्त्रालयले तयार गरेको रातो कितावले यस्तो देखाएको हो ।

एमसिसी परियोजना कार्यान्वयन गर्न मिलेनियम च्यालेन्ज एकाउन्ट विकास समिति (एमसिए) नेपाल नाम विकास समिति गठन गरिएको थियो । सोही निकायको नाममा मन्त्रालयले सो बराबरको बजेट बिनियोजन गरेको हो ।

यो बजेट चालु आवको भन्दा कम हो । सरकारले चालु आवमा एमसिए नेपाललाई १२ अर्ब रुपियाँ भन्दा बढी बजेट बिनियोजन गरेको थियो । त्यसमा चालु आवमा नौ अर्ब ६५ करोड १२ लाख रुपियाँ खर्च हुने संसोधित अनुमान छ । ठेक्का सम्झौता गरेको अवस्थामा आगामी आवमा बढी खर्च हुने देखिन्छ । तर, सरकारले चालु आवको भन्दा पनि कम बजेट बिनियोजन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार