दाङ – प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब मधेश प्रदेशसँग तीन विकेटले पराजित भएको छ । मधेशको भने यो पाँचौ खेलमा दोस्रो जित हो । लमहीस्थित देउखुरी क्रिकेट मैदानमा आर्मीले दिएको २१८ रनको लक्ष्य मधेशले सात विकेट गुमाएर ४८ ओभरमा पूरा गरेको हो ।
मधेसका क्याप्टेन अनिलकुमार साहले ४५, हरिशङ्कर साहले ३८ र पवन सर्राफले ३६ रन जोडे । रुपेश सिंह ३८ रनमा नटआउट रहे । यसअघि पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २१७ रनको योगफल जोडेको थियोे । आर्मीका लागि भीम सार्कीले सर्वाधिक ८९ रन जोडे ।
सन्तोष कार्कीले ३३ र कुशल मल्लले २४ रन बनाए । मधेशका लागि पवन सरार्फ, कमल गुप्ता र रुपेश सिंहले समान दुई तथा रञ्जित कुमारले एक विकेट लिए ।