काठमाडौं । इसेवाले जीवन बीमा नवीकरणमा विशेष अफर ल्याएको छ । इसेवाबाट नेपालको कुनै पनि जीवन बीमा कम्पनीको पोलिसी नवीकरण गर्ने एक भाग्यशाली विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यसका साथै, १४ वटा जीवन बीमा कम्पनीका एक-एक जना पोलिसीहोल्डर, एजेन्ट र शाखा कार्यालयलाई पनि विशेष उपहारको व्यवस्था गरिएको छ । यही जेठ १५ देखि सुरु भएको अफर आउँदो असार गतेसम्म ३२ गतेसम्म चल्नेछ ।
अफर अवधिभर, इसेवामार्फत जीवन बीमा नवीकरण गर्ने सबै प्रयोगकर्ताहरू स्वतः यो पुरस्कारका लागि योग्य हुनेछन्। इसेवाको अनलाइन बीमा नवीकरण सुविधाको माध्यमबाट प्रयोगकर्ताले कार्यालय धाउनुपर्ने झन्झट बिना नै छोटो समयमा आफ्ना आवश्यकता अनुसार बीमा नवीकरण गर्न सक्नेछन् ।
अफरमार्फत जीवन बीमाको आवश्यकता मात्र नभएर डिजिटल माध्यमबाट भुक्तानीमा हुने सहजताको बारेमा पनि जनचेतना बढाउने इसेवाको प्रयास हो ।
आजै जीवन बीमाको नवीकरण गरी आफ्नो र परिवारको भविष्य सुरक्षित इसेवाले अनुरोध गरेको छ । ५० हजार सहित अन्य आकर्षक पुरस्कार जित्ने अवसर पनि रहेको छ ।