कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक संस्थापक अध्यक्ष राय पक्राउ

२ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेकाे आरोप

काठमाडौँ – कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र वीर राय रुपन्देहीको बेलहियाबाट पक्राउ परेका छन् । सल्यान घर भएका ६५ वर्षीय रायलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शनिबार पक्राउ गरेको हो ।

उनीमाथि बैंकमा अध्यक्ष तथा सीईओ भई २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार भएको आरोप लगाइएको छ । उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार