मानव तस्करीको आरोप लागेका गृहमन्त्रीको प्रधानमन्त्रीद्धारा बचाउ, ‘राजीनामाको माग अनुचित छ’

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले मानव तस्करीमा मुछिएका गृहमन्त्री रमेश लेखकको बचाउ गरेका छन् । गृहमन्त्रीको राजीनामा र उनीमाथि छानवनको माग संसददेखि सडकसम्म उठेको बेला ओलीले उनको बचाउ गरेका हुन् ।

भिजिट भिसामा हरेक दिन सयौंको संख्यामा विदेश जाने नेपालीबाट मोटो रकम अशुल हुने गरेको र सो रकम गृहमन्त्रीदेखि गृहसचिव, प्रधानमन्त्री कार्यालयदेखि उच्च प्रहरी अधिकृत, अध्यागमन विभागका कर्मचारीदेखि वायुसेवा कम्पनी, ट्राभल एजेन्सी, विचौलियासम्मले भागबण्डा गरी लिने गरेको तथ्य सार्वजनिक भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार