काठमाडाैँ । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुनसंरचना गर्ने योजना अघि सारेको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत नेप्सेको पुनसंरचना र क्षमता अभिवृद्धि गर्ने घोषणा गरिएको हो। यस घोषणा अनुसार, नेप्सेको पुनसंरचना प्रक्रिया सुरु गरेसँगै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया स्वतः रोकिएको छ।