प्रभु महालक्ष्मी लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित ८ प्रतिशत बराबर बोनस सेयर तथा सो मा लाग्ने कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।

लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भइर्् कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांशका लागि योग्य हुनेछन् । जेठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा परेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार