ट्रेड टावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

काठमाण्डौ । ट्रेड टावर लिमिटेडले आजतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि कुल ३२ लाख ९६ हजार ५०५.१९ सय कित्ता आईपीओ जारी गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत चैत २५ गते ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँको रु।१०० अंकित दरका ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो । जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ३ लाख ९७ हजार १६९।३० कित्ता कित्ता सेयर नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि गत वैशाख ८ गतेदेखि २२ गतेसम्म निष्कासन गरिएको थियो ।

यस्तै कम्पनीले ५ प्रतिशत अर्थात १ लाख ९८ हजार ५८४.६४ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ७९ हजार ४३३.८६ कित्ता कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरी बाँकी रहेको सेयर आम सर्वसाधारणलाई जारी गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा जेठ १९ गते र ढिलोमा जेठ २८ गते हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार