सेयर बजारमा सामान्य सुधार, कारोबार रकम ६ अर्ब ५२ करोडमाथि

काठमाडौँ – साताको दोस्रो दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ०.८५ अंकले वृद्धि भई २६७५.६२ विन्दुमा कायम भएको छ। आज कूल ३१८ सूचीकृत कम्पनीका १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ६ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।

उप–सूचकको हिसाबमा ६ वटा बाहेक सबै क्षेत्रमा हरियाली देखिएको छ। विशेष गरी विकास बैंक समूहको सेयरमा उल्लेखनीय उछाल आएको छ।

राधि विद्युत कम्पनकिो ४७ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४२ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री, ग्रिन डेभलपमेन्ट बैंक र भुगोल इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । पियोर इनर्जीका लगानकिर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार