काठमाडौं– विश्व प्रसिद्ध सगरमाथा आरोही कामीरिता शेर्पा आफ्नो पुरानो रेकर्ड तोड्दै ३१औँ पटक उच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका छन् ।
सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले कामीरिताले आज (मङ्गलबार) बिहान ४ बजे ३१औँ पटक सगरमाथा आरोहणको नयाँ विश्व कीर्तिमान बनाएको जनाएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘एभरेष्ट म्यानले फेरि गर्यो चमत्कार, ३१औँ पटक सगरमाथा आरोहण, इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१औँ पटकको सफल आरोहणका लागि बधाई । सेभेन समिटसँगको यात्रामा ।’