जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु

विराटनगर–जङ्गली च्याउ खाँदा बिरामी भएका इलाम माङ्सेबुङ ५ का दुई जनाको आइतबार मृत्यु भएको छ।

मृत्यु हुनेमा माङ्सेबुङ ५ की १७ वर्षीया नुमा लावती र २२ वर्षीय मनिसा चेम्जोङ रहेको इलाम प्रहरीले जनाएको छ। सोही ठाउँका धनराज साङ्बाङ भने गम्भीर घाइते बनेका छन्।

उनीहरूले जङलबाट संकलन गरेर ल्याएको च्याउ सेवन गरेपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो। च्याउ खाएको केही घण्टामै उनीहरूलाई वान्ता, पेट दुख्ने, टाउको दुख्ने जस्ता लक्षण देखिएको र तत्कालै उपचारका लागि अस्पताल लगिएको थियो।

यद्यपि दुई जनाको मृत्यु भएको र एक जना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार