गुठीको एक कार्यक्रमबीच नूर–गंगा पुरस्कार तथा सम्मान प्रदान

काठमाडौं । नूर–गंगा प्रतिभा पुरस्कार गुठीले एक कार्यक्रमबीच बालसाहित्य तथा लोकगायनका क्षेत्रका सर्जकहरूलाई २०८० सालको पुरस्कार प्रदान गरेको छ ।

समारोहका प्रमुख अतिथि प्रा.डा. चूडामणि बन्धुले नेपाली बालसाहित्यका क्षेत्रमा योगदान पुर्‍याउने रामकुमार पाँडे र रामबाबु सुवेदीलाई जनही ५० हजार रुपैयाँसहित ‘नूर–गंगा राष्ट्रिय बालसाहित्य पुरस्कार’ प्रदान गरे ।

त्यस्तै ‘नूर–गंगा क्षेत्रीय स्थापित लोकगायन पुरस्कार’ रूपन्देहीका डिल्लीनारायण पाण्डेलाई (३० हजार नगद राशिसहित), ‘नूर–गंगा राष्ट्रिय नवप्रतिभा लोकगायन पुरस्कार’ म्याग्दीका प्रकाश दुतराजलाई (२५ हजार नगद राशिसहित) र ‘नूर–गंगा क्षेत्रीय नवप्रतिभा साहित्य पुरस्कार’ रूपन्देहीका सागर पौडेल (२० हजार नगद राशिसहित)लाई प्रदान गरिएको यादव भट्टराईले जानकारी गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार