सुनको मूल्य बढ्यो, चाँदीको भने स्थिर

काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ ।

यो वृद्धिसँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार भने एक तोला सुनको मूल्य १ लाख ९० हजार ४ सय कायम थियो । उक्त दिन सुनको मूल्य ११ सयले घटेको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार