हारबाट जोगियो मियामी

काठमाडौं । इन्जुरी समयमा टेलास्को सेगोभियाले बराबरी गोल फर्काएपछि मेजर लिग सकर (एमएलएस)मा इन्टर मियामी हारबाट जोगिएको छ ।

आइतबार बिहान मियामी र फिलाडेल्फियाले ३–३ को बराबरी खेल्दै अंक बाँडेका हुन् । फिलाडेल्फियाको मैदानमा भएको खेलमा क्विइन सुलिभानले गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए । ४४औँ मिनेटमा टाई बारिबोले गोल गरेपछि फिलाडेल्फियाले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।

६०औँ मिनेटमा टाडेओ एलेन्डेले गोल गर्दै मियामीलाई २–१ को स्थितिमा ल्याए । तर, ७३औँ मिनेटमा बारिबोले दोस्रो गोल गरेपछि फिलाडेल्फियाले अग्रतालाई पुनः ३–१ का राखेको थियो ।

८७औँ मिनेटमा मेसीले गोल गर्दै मियामीलाई ३–२ को स्थितिमा ल्याए । यस्तै, इन्जुरी समयमा सेगोभियाले गोल गरेपछि मियामीले हार टारेको हो ।

जारी सिजनमा मियामीको यो पाँचौँ बराबरी हो । कुल १४ खेल खेलेको मियामीले ६ जित र तीन हारसमित २३ अंक जोडेको छ । मियामी तालिकाको छैटौँ स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार