११ करोड १९ लाखको आइपीओ निष्कासन गर्दै हिम स्टार ऊर्जा कम्पनी

काठमाडौँ – हिम स्टार उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ११ लाख १९ हजार कित्ता सेयर जारी गर्न अनुमति पाएको हो, जसअनुसार कुल ११ करोड १९ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री हुनेछ।

कम्पनीले यसअघि नै बिक्री प्रवन्धकको रुपमा एनआईसी एसिया क्यापिटल लिमिटेडलाई नियक्त गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार