बंगलादेशविरुद्धको टी–२० सिरिज आयोजक यूएईले जित्दै बनायो नयाँ इतिहास

काठमाडौँ –बंगलादेशविरुद्धको टी–२० सिरिज आयोजक यूएईले जित्दै नयाँ इतिहास बनाएको छ । बुधबार राति सम्पन्न दोस्रो खेलमा पाहुना टिम बंगलादेशलाई ७ विकेटले स्तब्ध पार्दै यूएईले सिरिज २–१ ले जितेको हो ।

यूएईले पहिलोपटक टेस्ट टिमलाई हराउँदै सिरिज जितेको हो । तेस्रो तथा निर्णायक खेलमा बंगलादेशले दिएको १ सय ६३ रनको लक्ष्य यूएईले १९.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि अलिसान सराफुले ४७ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ६८ रन बनाए । यस्तै, आसिफ अलिले अविजित ४१, मोहम्मद जोहेबले २९ तथा राहुल चोपराले १३ रन जोडे ।

बंगलादेशका लागि शोरिफलु इस्लाम, रिसाल होसेन र तान्जिम हसनले मात्र एक÷एक विकेट लिए । त्यसअघि सारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनायो ।

प्रतिक्रिया
सम्बन्धित समाचार