आईसीसी विश्वकप लिग-२ को अभ्यास खेलमा दीपेन्द्र र भीमको शतकमा नेपाल १२४ रनले विजयी

काठमाडौं – आईसीसी विश्वकप लिग(२ को अभ्यासका लागि युके पुगेको नेपाली टोलीले एक दिवसीय खेलमा लगातार दोस्रो जित निकालेको छ। दीपेन्द्र र भीमको शतकमा नेपालले मेरिलेबोन क्रिकेट क्लबलाई ३३६ रनको विशाल लक्ष्य दिएको हो। नेपालले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै ३३५ रन बनाएको हो।

नेपालका लागि ६७ बलको सामना गरेका दीपेन्द्रले १२ चौका र चार छक्काको मद्दतमा सर्वाधिक ११० रन बनाए। भीमाले ९० बलको सामना गर्दै १० चौका र दुई छक्कासहित १०४ रन बनाएका थिए। नेपालका दीपेन्द्र र भीम दुवै रिटायर्ड हट भएका थिए।

यसअघि नेपालका अनिलकुमार साह २७ रनमा आउट हुँदा बसीर अहमद ३७ र करण केसी १६ रनमा अविजित रहे। नेपालविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको मेरिलेबोन क्रिकेट क्लबका कुनै पनि खेलाडीले टिकेर खेल्न सकेनन्। नेपालले मेरिलेबोनलाई ३५।३ ओभरमा २१२ रनमा अलआउट गरेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार