बंगलादेशलाई हराउँदै भारतले चुम्याे साफ यु–१९ को उपाधि

काठमाडौं – भारतले साफ यु–१९ च्याम्पियनसिप २०२५ को उपाधि जितेको छ । आइतबार साँझ भएको फाइनलमा बंगलादेशलाई हराउँदै भारतले लगातार दोस्रो पटक उपाधि जितेको हो । बंगलादेशविरुद्ध गोल्डेन जुबली स्टेडियममा भएको रोमाञ्चक फाइनलमा भारतले पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्दै उपाधि जित्यो ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो । खेलको दोस्रो मिनेटमा नै सिंगमायुम शामीले गोल गरेपछि भारतले अग्रता लिएको थियो । बंगलादेशका लागि खेलको ६२ औं मिनेटमा जोय अहमेद बराबरी गोल फर्काए ।

पेनाल्टी सुटआउटमार्फत खेलको छिनोफानो हुँदा भारतले ४–३ ले नतिजा आफ्नो पक्षमा पारेको हो । यु–१९ च्याम्पियनसिपमा यो भारतको लगातार दोस्रो उपाधि हो। २०२३ मा भारतले पाकिस्तानलाई ३–२ ले हराउँदै पहिलोपटक उपाधि जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार