सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

संघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार भने सुनको मूल्य बढेको थियो । उक्त दिन ३ हजार रुपैयाँले बढेको सुनको कारोबार प्रतितोला १ लाख ८४ हजार ८ सयमा भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी गत शुक्रबारकै मूल्य अर्थात प्रतितोला १ हजार ९४५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार