महिला टी–२० विश्वकप एसिया : नेपाल ‘सुपर थ्री’ मा

काठमाडौं– नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्रीमा प्रवेश गरेको छ।

आज तय भएको हङकङ र बहराइनको खेल रद्द भएसँगै नेपाल सुपर थ्रीमा प्रवेश गरेको हो । आजको खेल हुँदै हङकङले जितेको खण्डमा नेपालको यात्रा यहीबाटै समाप्त हुने थियो ।

आफ्नो तेस्रो खेलमा नेपाल हङकङसँग पराजित भएसँगै सुपर थ्री मा पुग्ने सम्भाना निकै कम रहेको थियो ।

नेपालका लागि या त आजको खेल रद्द हुनुपर्ने या त बहराइनले जित्नुपर्ने थियो । तर बैंककमा टस पनि हुन नपाइ दुवैबीचको खेल रद्द हुनपुग्यो र अंक बाँडे ।

चार खेलबाट एक हार, एक अंक बाड्दै र दुई जितसहित नेपालको पाँच अंक रहेको छ । यता हङकङको पनि चार खेलमा तीन खेल रद्द हुँदा अंक बाड्दै, एक जितसहित पाँच अंक छ ।

तर समूहचरणमा दुई खेलमा जित निकालेका कारण नेपाल सुपर थ्रीमा प्रवेश गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार