आज बिहीबार सुनको मूल्य ३५ सय घट्यो

काठठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ३५ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बुधबार प्रतितोला एक लाख ८५ हजार ३०० रुपैयाँ कायम थियो ।

चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेको महासंघले जनाएको छ । आज चाँदी एक हजार ९२५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलाको एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो

प्रतिक्रिया
सम्बन्धित समाचार