नेशनल लाइफले १५ प्रतिशत लाभांश दिने

काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश दिने भएको छ । कम्पनीको बुधबार बिहान बसेको ५५०औँ सञ्चालक समितिको बैठकले बोनस दिने निर्णय गरेको हो । कम्पनीकी सचिव शर्मिला श्रेष्ठका अनुसार चुक्ता पुँजीको १५ प्रतिशत बोनस दिने भएको हो ।

चुक्ता पुँजीको १० प्रतिशत अर्थात ५२ करोड १२ लाख १३ हजार रुपैयाँ बराबरको नगद लाभांश र चुक्ता पुँजीको ५ प्रतिशत अर्थात २६ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको बोनस शेयर दिने कम्पनीले जनाएको छ ।

कम्पनीले १५ प्रतिशत बोनसका लागि लाग्ने कर प्रयोजनका लागि ०।७८९४७३ प्रतिशत अर्थात ४ करोड ११ लाख ४८ हजार रुपैयाँ बराबरको नगद लाभांश समेत दिने भएको सचिव श्रेष्ठले जानकारी दिइन् । कम्पनीले प्रस्ताव गरेको उक्त बोनस नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएर आगामी साधाणसभाले पास गरेपछि शेयरधनीलाई वितरण गरिने श्रेष्ठले बताइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार