काठमाडाैँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले ४ लाख १८ हजार ८२६ कित्ता संस्थापक सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीका लागि बिक्रीमा राखेको हो ।
उक्त सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। साथै तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रकिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।