भारतीय स्टार ब्याटर विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

काठमाडौं – भारतीय स्टार ब्याटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। कोहलीले यसअघि नै सन्न्यास लिने इच्छा जनाएपनि सोमबार आधिकारिक रूपमा टेस्ट क्रिकेटबाट संन्यासको घोषणा गरेका हुन्।

२०११ मा डेब्यू गरेका ३६ वर्षीयले भारतका लागि १२३ टेष्ट खेलेका छन् उनले उक्त खेलमा ९२३० रन बनाएका छन् सो क्रममा ३० शतक र ३१ अर्थशतक प्रहार गरेका छन् विराटले लामो समय भारतको कप्तानीसमेत गरेका थिए।

‘‘म कृतज्ञताले भरिएको हृदय लिएर जाँदै छु( खेलको लागि, मैले मैदान साझा गरेका मानिसहरूको लागि, र बाटोमा मलाई देख्ने हरेक व्यक्तिको लागि म सधैँ मेरो टेस्ट करियरलाई मुस्कानका साथ फर्केर हेर्छु,’ कोहलीले इन्स्टाग्राममा लेखेका छन्।

केही दिनअघि मात्रै कप्तान रोहित शर्माले टेष्ट क्रिकेटबाट सन्न्यास लिएका थिए रोहित र विराटले टी(२०आई क्रिकेटबाट एकसाथ संन्यास लिएका थिए दुवैले एकदिवसीय क्रिकेटमा भने खेल्नेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार