इतिहासमै पहिलोपटक अमेरिकी नागरिक पोप बन्न सफल, ट्रम्पद्वारा खुशी व्यक्त

भेटिकन सिटी — क्याथोलिक चर्चको सर्वोच्च धर्मगुरुका रूपमा नयाँ पोप चयन गरिएको छ। पोप लियो १४ औँ भनेर चिनिने नयाँ पोप रोबर्ट प्रेभस्ट क्याथोलिक चर्चको नेतृत्व गर्ने पहिलो अमेरिकी नागरिक भएका छन्। कार्डिनलहरूको गोप्य भोटिङ प्रक्रियाबाट अमेरिकी नागरिकलाई पोपको रूपमा चयन गरिएको हो। नयाँ पोपले आज बिहान सेंट पिटर स्क्वायरमा हजारौँ भक्तजनको उपस्थितिमा पहिलो पटक सार्वजनिक रूपमा सम्बोधन गर्नुभयो।

यस पटक इतिहासमै पहिलोपटक एकजना अमेरिकी नागरिक पोप बन्न सफल भएका हुन्, जसलाई धार्मिक तथा राजनीतिक वृत्तमा ऐतिहासिक उपलब्धि मानिएको छ। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ पोपप्रति शुभकामना व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार