डीडीसीले किसानलाई दूधको पैसा दिएन : सांसद माधव सापकोटा

काठमाडौँ–नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाल दुग्ध विकास संस्थानले किसानले बेचेको दूधको पैसा ५ महिनादेखि नदिएको भन्दै दिने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद सापकोटाले यस्तो गुनासो गरेका हुन्। उनले ६ महिनादेखि दूधको पैसा नपाएपछि किसानलाई पशु पाल्न गाह्रो भएको भन्दै रकम भुक्तानीका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार