नोट बाहेक छपाइका सबै काम अब नेपालमै हुन्छ – सञ्चारमन्त्री गुरुङ

काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैंक नोटबाहेक सुरक्षाका सबै सामग्री छाप्ने व्यवस्था नेपालमै सुरु भएको बताएका छन्।

बुधबार गोरखापत्र दैनिकको १२५ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले नोटबाहेकका सबै छपाइ सामग्री उत्पादन गर्न सक्ने प्रेसको व्यवस्था भइसकेको बताएका छन्। जनशक्ति र वित्तीय व्यवस्थापन गरी प्रेस सञ्चालनको तयारी भइरहेको उनको भनाइ छ।

पासपोर्टलगायत सुरक्षाका कुनै पनि सामग्री छपाइका लागि अब विदेश जानु नपर्ने उनको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार