ट्रेजरी बिलमार्फत २० अर्ब ८ करोड आन्तरिक ऋण परिचालन गर्दै सरकार

काठमाडौं । सरकारले अल्पकालीन ऋण परिचालनको औजार ट्रेजरी बिलमार्फत २० अर्बबढी आन्तरिक परिचालन गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज २० अर्ब ८ करोड रुपियाँ बराबरको पहिलेनै जारी भएको ट्रेजरी बिलको नवीकरण गर्ने भएको हो ।

२८ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरीमार्फत सरकारले पुनः २० अर्ब ८ करोड रुपियाँ ऋण परिचालन गर्नेभएको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार २८ दिने ट्रेजरीमार्फत ५ अर्ब रुपियाँ परिचालन गरिनेछ भने १८२ दिनेबाट ९ अर्ब रुपियाँ र ३६४ दिनेबाट ६ अर्ब ८ करोड रुपियाँ ऋण परिचालन गरिनेछ । सोमबार बिहान १० बजेदेखि ३ बजेसम्म परेको आवेदनमध्येबाट आज ट्रेजरी बिल बिक्री गरिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार