मूल्य र नापतौलमा हेरफेर गरेपछि चार व्यापारिक फर्मलाई तिराइयो ६ लाख २५ हजार जरिवाना

काठमाडौँ –  चार वटा व्यापारिक फर्मलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ६ लाख २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।  वस्तुमा मूल्य र नापतौल हेरफेर गरेको पाइएपछि सो जरिवाना विभागल़े तिराएको हो ।

विभागका निरीक्षण अधिकृत अमितकुमार झाकाअनुसार टौदह स्थित जेजे एक्जिम प्राइभेट लिमिटेडले ड्राइफ्रुट लगायतका खाद्य वस्तुमा रिलेबलिङ गरेको गुणस्तर परिमाण मूल्य नापतौलमा हेरफेर गरेको पाइएपछि २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । साथै कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन समेत निर्देशन दिइएको छ ।

यस्तै वस्तुमा रिलेबलिङ गरेको गुणस्तर परिमाण मूल्य नापतौलमा हेरफेर गरेको पाइएपछि स्वयम्भूस्थित मणिक गंगा इन्टरप्राइजेजलाई पनि २ लाख पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ ।

साथै कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन समेत निर्देशन दिइएको छ । सोही कसुरमा धम्बाराहीस्थित युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालि (अटोपार्ट्स) लाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

साथै मदिरा एवम् सुर्तीजन्य पसल श्रीपा स्टोरलाई सहयोग नगरेको भन्दै १५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार