चैत मसान्तसम्ममा ६ अर्ब बराबरको अलैँची निर्यात

काठमाडौँ –चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा ६ अर्ब बराबरको अलैँची निर्यातबाट ६ अर्ब बराबर रकम भित्रिएको छ।

यो अवधिमा ६ अर्ब २६ करोड ९ लाख ३० हजार रुपैयाँको ३४ लाख ४४ हजार २९५ किलो अलैँची निर्यात भएको भन्सार विभागले जनाएको छ।

यसमध्ये सबैभन्दा ठूलो परिमाणमा भारतमा निर्यात भएको छ। भारतमा ६ अर्ब २५ करोड १२ लाख ६१ हजार रुपैयाँको निर्यात भएको छ। यस्तै ८५ लाख २१ हजार रुपैयाँको ६ हजार किलो युएईमा, ७ लाख २० हजार रुपैयाँको २४० किलो फ्रान्सतर्फ निर्यात भएको छ।

यसैगरी ३ लाख ८४ हजार रुपैयाँको २४० किलो अस्ट्रेलिया र ४४ हजार रुपैयाँको १५ किलो अलैँची स्वीजरल्याण्डमा निर्यात भएको विभागले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार