ललितपुर – वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथलाई सोमबार १५ गते विधिवत् रूपमा रथ रोहण गरेर यस वर्षको रातो मछिन्द्रनाथको जात्रा सुरु गरिएको छ ।
मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको त:बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्याएर बिराजमान आज राति मछिन्द्रनाथको रथ तानी जात्रा सुरु गरिएको छ । मछिन्द्रनाथको रथलाई आज पुल्चोकबाट गा:बहाल पुर्याइएको छ ।
हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा देशकै लामो रथ जात्रा हो ।