घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो।

जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रूपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रूपैयाँ घटेको छ।यस्तै, आन्तरिक तर्फको हवाई इन्धनको मूल्य पनि घटाइएको छ।

आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक रूपैयाँ घटेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित समाचार