सुनको मूल्यमा भारी गिरावट, कति छ आज प्रतितोला ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट देखिएको छ । बिहीबार आज सुन तोलामा चार हजार ६०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुन तोलामा एक लाख ८८ हजार १०० रुपैयाँमा कायम रहेको थियो ।

यता, चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेर प्रतितोला एक हजार ९१५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार