घट्यो सुनको मूल्य, आज कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार यसको मूल्य १ लाख ८८ हजार ८ सय रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । महासङ्घका अनुसार बुधबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार