सुनको मुल्य आज एकै दिन साढे सात हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकै दिन सात हजार ५०० रुपैयाँ घटेको छ । बुधबार सुन प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन हालसम्मकै उच्च मूल्य एक लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेर एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार