सुनको मूल्य आज तोलाकै २ लाख नजिक, एकैदिन ६ हजार ९ सयले बढ्यो

काठमाडौँ – आज सुनको मूल्य अहिले सम्मकै उच्च बिन्दुमा परेको छ । मंगलबार एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर २ लाख रुपैयाँ नजिक पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो ।

यसैबिच चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार