
काठमाडौं । काठमाडौंसहित देशका धेरै स्थानमा आज बिहीबार वर्षा भएको छ । हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । केही स्थानमा भारी वर्षाको समेत पूर्वानुमान छ ।
देशका कतिपय स्थानमा वर्षा जारी रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । वर्षा तत्काल ठप्प हुने अवस्था नरहेको उनले बताइन् । बिहीबार र शुक्रबार धेरै स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।