ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार 

काठमाडौं । ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार भएको छ । कृष्ण मन्दिर परिसरमा चारजनाको समूहमा आएका युवाले दुई युवामाथि चक्कु प्रहार गरेका हुन् ।

चक्कु प्रहारबाट घाइते मध्ये एकको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारको लागि पाटन अस्पतालमा भर्ना गरिएको छ ।

घटनास्थलमा प्रहरी वृत्त सातदोबाटोकी प्रमुख डीएसपी पूर्णिमा चन्द नेतृत्वको टोली पुगेको छ । उक्त टोली चक्कु प्रहार गर्नेहरुको खोजी र घटनाको अनुसन्धानमा जुटिरहेको डीएसपी चन्दले बताइन् ।

चक्कु प्रहारबाट घाइतेहरूको परिचय खुलेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार