आज एकैदिन तोलामा ७ हजार २ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य हिजोको तुलनामा ७ हजार २ सय रुपैयाँले बढेको छ ।

यससँगै सुनको कारोबार प्रतितोला २ लाख ९९ हजारमा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन भने प्रतितोला सुनको मूल्य २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज २०५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार